Pages

Wednesday, January 15, 2014

खुशि त अब हुन्न होला म।।




चिरन्जिबि सिटौला(मनमैजु,काठमाण्डौ)
जब बिहानको पाँच बज्थ्यो मेरो मोवाईलको अलार्म सँगै आँखाहरु धर्ति चुम्ने सुन्दर सपनाको परिकल्पनाहरुमा उघ्रिन्थे। आज मात्र होईन ति आँखाहरु धर्तिमा सुन्दर सपना बुन्न उघ्रिन थालेका। तर किन ति दिनहरु, ति हरेक बिहानीहरु मलाई आज अभिशाप बनेर पोलिरहन्छ सरु? खुशि त अब म रहन्न होला तर तिम्रो खुशिको झिनो आशामा जीवन बाँच्ने कला सिकिरहेको छ यसले। जस्तो मादल बज्छ त्यहि बीटमा नाच्न जानेको छ यो जीवनले।कहिलेकाँहि त बेसुरमा पनि नाच्ने जानेको रहेछ यो पागलपनले। यो स्वार्थि संसार, यो स्वार्थि दुनिँयामा यदि तिम्ले सफल प्रेमको कल्पना गर्यै भने त्यो अलि असाधारण भनिँदोरहेछ। त्यो तिम्रो निर्जिब ह्रदयभित्र मैले मायाको भिख मागे भने म पागल नामले चिनिने रहेछु रे।
सरु, सायद तिम्रो याद त आउदैन नै भन्छु म तर आफैलाई ढाँटेको कुरा म आफैलाई थाहा छैन। रक्त बीज जबसम्म यो शरिरमा रहन्छ तबसम्म याद भन्ने शब्द नै प्यारो रहन्छ रे। यादको प्याला पिँउन त्यो दिन बन्द हुन्छ र जुन दिन म यो धर्तिमा रहन्न रे। खै, के भन्नु म पागल हो कि तिमि मेरो प्रेमिका भयै, म आफैलाई थाहा छैन आज। सरु, भेट त तिम्रो र मेरो कहिल्यै भएन तर फेसबुकमा लगअन गरिसकेपछि एउटा पात्रले सताईन्छु जसको ट्याग तिमिले नै पाएको छौ। आँखाभरि अश्रु भेलहरु बहन्छ मेरो। त्यहि पात्र जसलाई मैल कुनै दिन “When I leave this city for abroad study, what would you do?” भनेर सोध्दा” I would love to be with you” भन्या होईन तिम्ले?? हो कहिल्यै नभेटेको, कहिल्यै नदेखेको मान्छे पनि तिमि बनेर मेरो जीन्दगीमा आयौ। सपनाको परि बनेर जीन्दगीमा रम्न सिकायौ तर सपनाहरु सपनामा बिलिन पार्न पनि तिमिलेनै सिकाएको छौ मलाई। कोमल सपनाहरुलाई बलात्कार गर्ने पाठ पनि पढाएको छौ तिमिले। कहाँ पाइन्छ चोखो माँया? यदि ह्रदयभित्रको मायाको तिमि कुरा गर्छ्यौ भने तिमि रंगमञ्चको खराँट कलाकार बाहेक अरु केहि होईन भन्छु म।
म पनि अलि अलि अर्धपागल नै हो, तिमिलाई मनपराउनु पागलपनको उपजनै जस्तो लाग्छ मलाई। दिन दुगुना रात चौगुना चुम्बक जस्तै बन्दैथिए म। होला शारिरिक आकर्शण पनि थियो ममा। तिमिलाई धेरै फोन गर्ने त मेरो दिनचर्या नै थियो रे। मोबाईलमा संदेश पठाउनु त मेरो नशा नै थियो रे। हरपल किताबको पन्नाहरु रम्ने मेरा आँखाहरु जब जब मोबाईलको किहरुमा रम्ने थाले, यस्तो लाग्यो किताबहरु भन्दा तिमिलाई पढ्न नै मज्जा आँउदोरहेछ। करिब पन्ध्र दिनको अन्तरालपछि मलाई मायाको ग्रिन सिग्नल दिइको होईन र तिम्ले? कि त्यो पनि खेलौना नै थियो तिम्रो? होला तिमि तिम्रो जवानिको टेस्ट गर्दै थियौ। म बिध्यार्थि बनेर तिम्रो बिशयको जाँच दिँदै थिए। ताजै छ आज पनि तिमिले लेखेको मेसेज” mero ta yes ho…” कति सजिलो है?? सजिलै येस भन्यौ तिम्ले। १५ दिन त केहि पनि होईन माया प्रेममा। जुग जुन पर्खने गर्छन मान्छेहरुले माया प्रेम पाउनलाई। केहि छैन, म पनि खुशि नै थिए तिम्रो निर्णयमा। खुशि नहुने पनि कुरै भएन नी!! निन्द्रा नै लागेन राम्ररि त्यो दिन। करिब १२ बजेतिर तिम्रो मेसेज आएपछि निन्द्रा खुल्यो त्यसपछि निन्द्रा नै लागेन मलाई। खुशिको कारणले होला सरु, म सुत्न नै सकिन त्यो रात। सायद पहिलो प्रेममा यस्तै हुँदोरहेछ कि क्या हो। तिम्रो त पहिलो प्रेम त थिएन होला सायद किनकि तिम्ले भनेको थियौ म त फरवार्ड नै छुजब तिम्ले मलाई “तपाँई त कति फरवार्ड?” भनेर सोधेकी थियौ। होला, तिमीहरु जस्तो धेरै फरवार्ड त छैन म तर मनमा कुरा राखेर पल पल तड्पिने डरछरुवा पनि त होईन म। जस्तै भएपनि तिम्रो निर्णय मेरो लागि सुखद नै थियो भन्न रुचाउँछु म। यस्तो हुन थाल्यो तिमिलाई धेरै मन पराउन थाले दिन दिनै। पल पल मिस गर्न थाले तिमिलाई। तिमिले पनि मिस गरेको कुरा व्यक्त गरेको भन्यौ तर तिम्रो त्यो माया थिएन किनकि खोक्रो मायाको खोल ओढको तिमि जस्ति स्त्रीको ह्दयमा माया नाम गरेको यौनपीपाषु छ, जसको शिकार म भएको छु। थाहा छैन कति निर्दोष आत्माहरु त्यो यौनपीपाषुको शिकार बन्ने छन्।तिमि भित्र रहेको त्यो प्रवृतिको शिकार अरु कोहि परिसकेको कुरामा मेरो दुईमत छैन।
शारिरिक आकर्षणको कारण मेरो प्रस्ताव सजिलै स्वीकार्न पुगेकि तिमिले निस्वार्थ प्रेमलाई बलात्कार गर्ने कुनै नौलो कुरा पनि त भएन नी! धन्ना तिम्रो अर्थ बुझेँ, तिम्रो आँखावाट सवै कुरा पढेँ। तिमिलाई स्पष्टसँग पढेँ अनि टेस्ट दिँदा शतप्रतिशत अंक प्राप्त गरे जुन मैल आजसम्म प्राप्त गरेको अंकहरुमा उत्कृष्ट अंक हुन आँउछ सरु।
थाहा छैन तिम्रो अर्थ के थियो मेरो निर्दोष मायासँग? तिमिलाई धैरै फकाउन प्रयास गरे,धेरै मेसेज लेखे मोबाईलमा। धेरै फोन गरे, तर मेरो सबै कलहरु बिरानो भएछन् अब है तिमिलाई? वाक्क दिक्क भएर मोबाईल पनि बन्द गर्न सिकिछौ तिमिले। फोन पनि काट्न थाल्यौ तिमिले।हुन त तिमि प्रोफेसनल नै थियौ जस्तै लाग्छ मलाई। नत्र ढुंगापनि पग्लिन्छ स्त्रीको ह्दयबाट यानि कि स्त्रीको ह्दय निकै सफ्ट हुन्छ रे! तिमि त्यसको अपवाद बनेर आयौ। तिम्रो ह्दय त त्यस्तो थिएन। फरक थियो।
सरु, माया शब्दमाथी तिमिले जुन अन्याय गरेकि छ्यौ खुशि त अब रहन्न होला म तर यो सत्य हो कि जीवनको कुनै मोडमा यस्तो पल पनि अबश्य आउनेछ, यस्तो दिन अबश्य आउनेछ जुन दिन पलपल मेरो यादले पोल्नेछ तिम्लाई। माया शब्दले छोड्ने छैन तिमिलाई किनकी माया गर्नेहरुको मायामा लात हानेकि छयौ तिमिले। छातीमा लात हान्नु तिम्रो पेशा भएपनि मेरो लागि त त्यो खुशिको कुरै भएन। सुनेको छु, माया गर्नेहरु धेरै रुन्छन् रे, तर म राएको छैन। हाँसेको छु तिम्रो खुशि देखेर।तिमि रमाएको देखेर हाँस्ने बहानामा भित्र भित्रै राएको छु म।तिमिलाई मीस गर्ने बहानामा अलि अलि पागलको नामले पनि चिनिन थालेको छु म। केहि छैन, यादहरु रित्तो छ, भावनाहरु रित्ता छन्।
तिम्रो यादमा रगतले चिठि त लेख्न सक्दिन म किनकि म त्यस्तो निर्जिब पनि छैन। काट्दा दुख्छ मलाई पनि। तिमि जस्तो निर्जिब शरिर भएको भए रक्तरञ्जित चिठि मायाको बहानामा पठाँउथे होला। पागल प्रेमिहरु रक्तरञ्जित चिठिहरु सिंगार्छन्। तर म अलि भिन्दै छु, पृथक छु।त्यसैले त म सरुको पागलप्रेमि, विपनामा रुने मान्छे।बिपनामा त बाँच्न सिकेको छु मैले। र सपनामा पनि पलपल मर्न सिकेको छु मैले किनकि जीवनमा खुशि त अब रहन्न होला म सरु!!!
( यी चिठिका पात्रहरु काल्पनिक हुन्। यदि कसैको जीवनमा मेल खान गएमा केबल संयोग मात्र हुनेछ।)

Tuesday, August 13, 2013

योगा गरौ स्वस्थ बनौ।।

बिहान बिहान उठेर तलको आसनहरु गरौ।
१. हल्का तातो पानी पिउनु
२. कपालभाँती गर्नु।
३. अनुलोमविलोम गर्नु।
४.पबनमुक्तासन गर्नु।
यि सबैको बारेमा बिस्तृतमा बर्णन अरु पोष्टमा गर्नेछु।

Friday, August 9, 2013

खोचमा फस्यो जिन्दगी

सम्हालेर राख्न खोजे खोचमा खस्यो जिन्दगी।
सँगालेर साँच्न खोजे सोचमा फस्यो जिन्दगी।
तिमि सँगै बाँच्न खोजे यादमा फस्यो जिन्दगी।
रमायरै बाँच्न खोजे पीडाम फस्यो जिन्दगी।

समाजले हेर्दा सोझो रह्यो जिन्दगी।
यादै यादमा बाच्दा पागल भयो जिन्दगी।
निष्ठुरिको यादमा झन् फस्यो जिन्दगी।
कोमल मुटु चोरी लगी फस्यो जिन्दगी।

कागजका पन्नाहरूमा पोखिँदै छु म, तिमि रोमान्समा मस्त

चिरञ्जीवी सिटौला / काठमाडौं      
प्रिय सरु,
खोक्रा कागजका पन्नाहरूमा तिम्रो नाम कल्पेर केहि समय बिताउने असफल प्रयासमा तल्लीन छु म आज । एक्कासि तिम्रो याद अमिट छाप बनेर मुटुको देब्रे पाटोमा घोच्न थालेपछि विवशताको भुँवरीमा पिल्सिँदै म यो समय तिम्रा लागि समर्पण गर्दैछु ।
कृत्रिम नशामा जीवनलाई धेरै डुवाईसक्दा पनि हर रात सपनीमा तिमिलाई अँगालोमा बेर्न खोज्छन् आँखाहरू, चुम्न खोज्छन् तिमिलाई । आखिर हुने त केही होइन । तिमि तिम्रो बाटोमा छौ । म मेरो बाटोमा अनवरत यात्रामा तल्लीन छु । थाहा छैन मेरो यात्रा कहाँ गएर टुङ्गने हो । यो अविच्छिन्न यात्रा भासमा फस्न पनि के बेर सरु ? जीवन जिउन त जसले पनि जिउँछ तर म यस्तो जीवन जिउन चाहन्छु, यस्तो साथ चाहन्छु तिम्रो जहाँ तिमि र म सँगै हुने छौं । कागजका पन्नाहरूमा पोखिँदै छु म, तर तिमि रोमान्समा मस्त छौ । थाहा छैन कहाँ गएर म पोखिने हो ? यो यात्रा कहाँ गएर सकिने हो ? यो बेठेगान, बेखवर यात्राको ठेकेदार मेरो जिन्दगी ? म आफै भित्र भक्कानिन्छु । तिम्रो र मेरो प्रेमको कथा, तिम्रो र मेरो भावनाको नाता कहाँ गएर टुङ्गिने हो ?
हो, सोचेकि पनि छैनौ होला म कसरि भावनामा डुब्छु भनेर ! सोच्ने पनि कसरि ? एक नजरमा अस्ति मात्र अल्झेको म तिम्रो मायामा । अनि तिमि पनि अचम्मैको नाटक मञ्चनमा तल्लिन छौ सरु । थाहा पाएर पनि नपाएजस्तो गर्ने तिम्रो वानिले मलाई झन् पागल बनाएको छ । म पागल बन्दा थाहा नपाएजस्तो गर्छौ । तिम्रो याद आउँदा भक्कानिएर कागजका पानाहरुमा विस्फोट हुने गर्छु । जब म मायामा पागल हुन खोज्छु, यस्तो लाग्छ तिमि मसँग दुरको नाटक खेल्छौ । अनि जब तिमि म सँग नजिकिने प्रयास गर्छौ, म दुरको नाटक खेल्छु । तिमि र म दुरको नाटक मञ्चन गरिरहँदा मलाई तिम्रो बिगतको यादले छातिमा पिडा दिन्छ सरु । अरुको भविश्यमाथि मेरो कुनै अधिकार त छैन । बिना परिचयको त्यो वातचित कसरि प्रेमको प्रगाढ छहारिमा सैर गर्न सक्छ ? थाहा होस् पनि कसरि तिमि तिम्रो संसारमा छौ, म मेरो संसारमा छु । म पागल बन्दै छु तिम्रो प्रेममा । आज भोलि भन्दा भन्दै म पागलको महा पागल बन्दैछु सरु । थाहा छैन म कसरि डुबे सरु ? ? प्रश्नभित्र म तिमिलाई खोज्ने गर्छु ।
प्रेमको मुल्य आजका मान्छेहरुलाई हुँदोरहेनछ । होस् पनि कसरि यो पशुहरुको शहरमा घुम्ने पशुरुपी मानवहरुलाई ? यहाँ मान्छे पनि पशुको भाउमा बिक्रि गरिँदोरहेछ । मायाको त कुरै छौडौ ! अनि कसरि थाहा होस् मायाको मुल्य ? तिमि पनि त यहीँको मनुवा नै हौ । किन बुझ्थ्यौ मेरो प्रेम ? फेरि तिमि पनि त ………….. अरूले घुम्ने ठाउँमा तिमि पनि घुम्छौ । अरुले चुम्ने ठाँउमा तिमिले पनि चुमेको देख्छु । तर, तर जब पर आलिंगनमा म तिमिलाई मस्त देख्छु, आँखाहरू नचाहेर पनि अन्तै मोड्छु किनकि म विवशतामा अल्झेको छु सरु । हो, हो सरु, भन्न नखोजेको कहाँ हो र तिम्लाई ? तर आधुनिकताको खोल आडेको नाटक गर्छौ तिमि । कहिलेकाहीँ यस्तो लाग्छ भर्खर गाउँबाट शहरमा पसेको केटि जो शहरको वातावरणमा घलमिल हुन खोज्दैछे । थाहा छैन उसलाई कसरी ऊ चुकेकि छे भनेर । ऊ कसरि पाखे भएकि छे भने र। तिमि पनि धाक आधुनिकताको लगाउछ्यौ । तर आफै नांगिएको तिम्लाई थाहा छैन सरु । त्यसैले त म आफैभित्र जलेर, आफैभित्र कल्पंदा कल्पंदै ज्वालामुखि विस्फोट हुँदैछु कागजका पन्नाहरुमा ।
हुन सक्छ तिमि अलि मोह मस्तिमा मग्न हुन्छौ, म बढी समय एकान्तमा गितारको धुनसँग रमाउँछु । तिमि सामाजिक सञ्जालको दुनियाँमा रमांउन चाहन्छ्यौ । नयाँ नयाँ साथीको खोजी गर्न मन पराउँछौ किनकी तिमि आधुनिक छौ । थाहा छैन कतै म भन्दा राम्रो साथीको खोजीमा त तल्लिन छैनौ तिमि ? हुन सक्छ तिमिले मलाई बुझेकि छैनौ, तर पछि बुझेपछि तिमि बर्बाद हुनेछौ सरु मैले कति मन पराए तिमिलाई ? त्यो त कि मलाई थाहा छ कि निष्ठुरि दैवलाई । जब म तिमिबाट टाढा हुनेछु, तिमिले त्यति बेला बुझ्नेछौ मलाई । म दूर मञ्चनमा सैर गरिरहेको बेला तिम्रो याद आए भुल्ने प्रयास त गरौला तर तिमि त्यो अवस्थामा हुनेछैनौ सरु । म बिनाको तिम्रो जीवन अपूरो नै रहनेछ किनकी यो व्यापारिक दुनियाँ हो माया । यहाँ पशुको मूल्यमा तिम्रो बिक्री हुनेछ । सम्बन्धहरूमा कसरी खिया लाग्छ त्यो त समयले देखाउँछ । आकाश र धर्तीको मिलन असम्भव छ ।
कसरी धोकेवाजहरुले धोका दिन्छन् त्यति बेला तिमिले बुझ्नेछौ । पश्चातापको भुँवरीमा तिमि जल्दा ……….. अनि जब तिमि मलाई सम्झन्छ्यौ ढिला भइसकेको हुनेछ । मेरो याद त कुनै जमानाको कथा बन्नेछ माया । ड्रगको सेलहरुको सहारामा तिमिले जीवन बिताउने प्रयास गर्नेछौ जब म त्यहाँ हुनेछैन । सेन्टिमेन्टल गीतले तिम्रो मोवाइल सेट अनि कम्प्युटरको हार्ड डिस्कहरू भरिनेछ । समाजले तिमीलाई पागलको उपनामले बोलाउनेछ जसरी आज म खेप्न विवश छु यो उपनाम । म अरु नै कसैको अँगालोमा, तर तिमि पागल भएर हिँडिरहँदा म मेरी जीवन सँगिनीको साथ पनि त छोड्न सक्दिन माया ! किनकी मैले कसम खाइसकेको हुनेछु जुनी जुनी साथ दिनेछु भनेर । म धोका पनि त दिन सक्दिन उनीलाई ! म दोधारको जिन्दगी यापन गरिरहेको हुनेछु । तिमि पनि सधै तड्पिएर जिँउनेछौ तथापि कसैको साथ त अवश्य पाउनेछौ तिमिले ।
हुन त मैले तिमिलाई तथापि सम्झाउन नखोजेको होइन । तर मेरो प्रयास केवल प्रयासमै सीमित रह्यो । मेरो भनाई त तिम्रो लागि केही नहोला तर जब जीवन उम्कन नसक्ने गरि भासिन्छ, पोल्नेछ तिमिलाई आगाको रापसरि । जल्नेछौ तिमि दनदनी । यो बेठेगान, बेखवर जिन्दगीको कल्पनामा डुव्दाडुव्दै एक दिन तिमि…………अनि म यसको ठेकेदार………… हो आज यीनै प्रश्नहरूको खात दिमागको शब्द भण्डारभित्र संचित छन् । संचित मात्र भए त हुन्थ्यो नि सरु, जब आँखाहरू निन्द्रादेविको शरणमा पुग्छन्,तिमि सपनीमा तड्पाउन आउँछौ । हठात् बिउँझन्छु, तर श्यामपट्ट कालरात्रिमा अरू नै पशुहरू रमाइरहेका हुन्छन् । फेरी आँखाहरू चिम्लिएर तिमिलाई पाउन आतुर हुन्छु । कल्पनाभित्र अल्झिएर नै जिन्दगी बितिरहेको छ सरु । सपनीमा तिमिलाई पाउने होडमा दगुरिरहेछु म । थाहा छैन किन तिमि आइरहन्छौ मलाई तड्पाउन सपनीमा ? हो सरु, जीवन आँसु र हाँसोको संवेग हो । तिमि पनि पागल, म पनि पागल । आखिर तिम्रो र मेरो नाता एउटा कथाको पात्र सरह । हो, चाहनु मेरो गल्ती होला । तर यादमा मलाई जलाउनु तिम्रो गल्ती नै हो सरु । सपनीमा मलाई सताउनु अनि बिपनीमा …………
 समय वलवान छ सरु, फेरि मायामा पनि त व्यापार गर्नेको कमी छैन हिजोआज । अन्तमा, सरुहरुलाई यो चिठी पढ्न अनुरोध गर्दै आगामी एपिसोडमा भेट्ने छु भन्दै बिदा चाहन्छु धन्यवाद ।
नाम मिल्न गएमा संयोग मात्र हुनेछ ।

मेरो घर जलेको छ सरु

चिरञ्जिबि सिटौला / काठमाडौं
म्रिगत्रृष्णाले छट्पटिएर म दोबाटोमा बसेको छु । दुनियाँको नजरमा म दन्दनि बलेको छु । लाग्छ, म पागल भएर तिमिलाई पर्खिरहेको छु, त्यहि चौतारिमा जहाँ बाचा कसमको नाटक मन्चन गरेकि थियौ तिमीले । भन्थ्यौ नि, तिमि बिना त एक पल पनि वाँच्न सक्दिन । तर आज सपनाको महल बनाएरै छाड्यौ जुन ढलेको यो सहरमा गर्लम्म ।
लाग्न सक्ला तिमीलाई तिमी निर्दोश छौ । तर कुरा त्यो होइन सरु, तिमी जुन बेला महलको सपनामा डुब्ने गर्थ्यौ अनि म छुपडिको कथाहरु बुन्दा बुन्दै तिम्रो काखमा निँदाउन खोज्थेँ तिमी मलाई सताउन थालिहाल्थ्यौ । भन्न थालि हाल्थ्यौ, त्यहि कथा, मञ्चन गर्न सुरु हुन्थ्यो त्यहि नाटक। जुन नाटकको असलि पात्र बनेकि थियौ तिमी । अनकौ रहरहरु मेरो त्यसै सेलाएका छन अचेल। भन्ने गर्छु रे सपनिमा मेरो घर जलेको छ। किताबका हरफहरुमा बिलाउँदा बिलाँउदै म निन्द्रादेबिको शरणमा पुग्ने गर्छु रे ।
फेरि तड्पिएर बस्नुको पनि त बिकल्प छेन नि ! जवानीको रहरहरु त्यसै ओईलाएका छन् मेरा। अचेल त कृत्रिम नशामा नै रम्न सिकेको छु। साँईली र माईलीको नियमित ग्राहक बनेको छु। भन्छन् ऊनिहरु, पिउँनुस् दाई। म झन् रक्सिले रक्सिएर पिउँदोरहेछु एक्लै, तिमिलाई पाऊने आशामा ।
सरु, कुनै दिन त अबश्य पोल्नेछ तिमीलाई पनि, म जस्तै आगाको रापसरि जल्ने छौ तिमी पनि। समाजले आज मलाई जुन द्रिष्टीले हेरोको छ त्यहि नियतिको शिकार तिमि बन्ने छैनौ भन्ने मलाई लाग्दैन। कुनै दिन त्यो भन्ज्याङथोकको चौतारिमा मेरो काखमा बसेर के भनेकि थियौ ? बिर्सियौ होला, सायद युनिकको साथ छोडेपछि सबै भुलेछौ तिमीले। नभुलोस् पनि कसरि ? सागरको प्रेम लिलामा रमाईरहेकि छौ तिमी । अनि मेरो झुपडिलाई लात त हान्ने नै भयौ नि !
आजकाल त घामले पनि पोल्दैन मलाई, सायद भित्र भित्रै घाम भन्दा साह्रो क्रोधाअग्निमा दनदनि बलेर म यस्तै भएको हुन सक्छु। यस्तै छ मेरो जिन्दगि। कहिले एक्लै बस्छु, कहिले दुक्लै बस्ने बहानामा नशामा झुमिरहन्छु। नशा यस्तो प्यारो भईरहेको छ कि सायद यो दुनियाँमा सबैभन्दा प्यारो चीज के हो भनेर कसैले प्रश्न गर्यो भने मेरो उतर हुनेछ, नशा । हो सरु, म यस्तै भएको छु । आज तिमी जुन अवस्थामा छौ त्यसको ठिक उल्टो नियति भएको छ मेरो यो जिवनलिला। कहिलेकाँहि त यस्तो लाग्छ, आँशु बहाउने खेल यदि यो सृष्टीमा रचना गरियो भने मैले गिनिज बुकमा नाम दर्ज गराउन सफल भएको हुन्थे होला। भावनामा डुब्ने प्रतियोगिता यदि गराईयो भने सोचे हुन्छ, युनिकको हात मेडलले चुम्ने छ सरु । तर के गर्नु र, त्यो मुल्यहिन खोक्रो उपहाररुपि मेडलको। आँशुको मोल, त्यो मेडल । तिम्रो प्रेमि मात्र त्यहि खेतिको लागि योग्य भयो आज । सपनाको महलमा आगो लगाएर तिमि हिँडेपछि हरेक दिन मेरो त्यहि चौतारिमा बित्छ । मेरो दिन त्यहि वर पिपलको छहारिमा बित्छ सरु। वर पिपलको जोडि सम्झिएर तड्पिरहन्छु । जब रात पर्छ, घर फर्कने बहानामा नशाको सहारा लिन्छु। घर, घरजस्तै लाग्दैन हिजोआज ।
यो घर हो कि मसान ? यदि यो घर हुँदो हो त, यसले घरको परिभाषा दिन सक्थ्यो। तर खै ? खै परिभाषा मेरो त्यो सुन्दर घरको ? सपनाको घरको परिभाषा तिमीले भत्काएर गए पछि यो मेरो मसानरुपि घर परिभाषाको खोजिमा भौंतारिरहेको छ। परिभाषाबिहिन यो घर अनि मेरो जिन्दगि बेलुकाको समयमा भट्टिमा भेटिने ट्वाँके साथिहरु जस्तै भएको छ। घर पनि उस्तै, म पनि उस्तै। कति राम्रो !! म मेरो परिभाषाको खोजिमा, घर उसको परिभाषाको खोजिमा। मात्र उ निर्जिब छ र सजिबपनको लागि संघर्ष गरिरहेको छ । म मेरो सजिवपनको खोल ओडेर निर्जिबपनको लागि संघर्ष गर्दै छु।
समयको वहावसँगै के मरो जिवन नशै नशा पिएरै बित्छ त ? जहिले पनि म मेरो जिवनको परिभाषामा रुमल्लिरहने ? आँखिर कति दिन म यसरि बस्ने ? कति दिन पेन किलरको सहारामा जिवन लिला अगाडि बढाइरहने मैले ? यिनै प्रश्नहरु हरेक दिन मेरो दिमागको कुनामा डेरा जमाएर बसिरहन्छन् । जव म आफुलाई भुलाउने प्रयास गर्छु, म सम्हाल्नै सक्दिन । साथीहरुको साथ रहँदा म ठिक हुन्छु, जव एक्लै हुन्छु जिन्दगि नै बोझ बनेर आउँछ मेरो । नाटक मञ्चन गरि तिमीले मेरो साथ छोडेपछि, लाग्छ मेरो खुसि नै तिमिसँगै दाईजो वनेर साथ गएको छ । दाइजो उपहार लिएर गएकि छ्यौ तिमी मेरो खुसि । मेरो खुसि, मेरो चाहना, मेरो भावनामाथि खेलवाड गरेर तिमीले गुण लगाएकि छ्यौ सरु। सुनेको छु, तिमि विवाहित हुँदै छ्यौ रे। तिम्रो प्रेमिकाको अँगालोमा त्यो दिन संसार भुल्नेछ्यौ रे तिमिले ।
हो, विवाह गर्नु पर्छ, तर यो विवाह मात्र विवाहमा सिमित नहोस् तिम्रो । मेरो शुभकामना तिम्रो सफल जिवनको लागि। मेरो घर त भत्क्यो भत्क्यो तिम्रो प्रेमिकाको घर त भत्कदैन भन्नेमा म आशावादि छु। हुन त म को नै भए र तिम्रो ? म त विरानो संसारको एउटा कथा नै हुँ । जति पढेपनि हुन्छ यो अभागीको जिन्दगीलाई । यो घर भत्केको टुहुरो जिन्दगीलाई । जति जति तिमी टाढा हुन्छौ, त्यति त्यति यो अभागीको जिन्दगी मरुभुमिमा छट्पटिएर मृगले पानिको खोजि गरेजस्तै तिमीलाई खोजिरहन्छ । थाहा छ उसलाई यो असम्भव छ, तर पनि मेरो खुसिलाई वलात्कार गरेर तिमीले अरुको खुसि सजाउन लागेकोले मैले यसो भनिरहनु कुनै अनौठो हो जस्तो मलाई लाग्दैन ।
प्रदिप्त जिवनको आशामा यो पापिको सबै सपनाहरु तिमिले लुटेर लगेपनि, कौवाले लाशलाई चुँडि चुँडि पिडा दिए पनि जिवनको सुन्दर सपना भित्र रम्ने मेरो रहरहरु ओईलाएको भने होइन । बरु झन हिजो आज फेरि बाँच्न थालेको छु । तिम्रो विवाहको खवरले मन अलि ओइलाएको थियो । तर आज तिम्रो विवाहको दिन तिम्रो निम्तो पनि त पुरा गर्नुपर्नेछ मैले । तिम्रो सफल जिवनको लागि यो पागलको तर्फवाट हार्दिक मंगलमय शुभकामना ।

Sunday, July 28, 2013

C programming Nepali(नेपालीमा प्रोग्रामिङ सिकौ)

This is video tutorial where you can learn every programming language easily.Its free material.You can easily read it online.