चिरञ्जिबि सिटौला / काठमाडौं
म्रिगत्रृष्णाले
छट्पटिएर म दोबाटोमा बसेको छु । दुनियाँको नजरमा म दन्दनि बलेको छु ।
लाग्छ, म पागल भएर तिमिलाई पर्खिरहेको छु, त्यहि चौतारिमा जहाँ बाचा कसमको
नाटक मन्चन गरेकि थियौ तिमीले । भन्थ्यौ नि, तिमि बिना त एक पल पनि
वाँच्न सक्दिन । तर आज सपनाको महल बनाएरै छाड्यौ जुन ढलेको यो सहरमा
गर्लम्म ।
लाग्न सक्ला तिमीलाई तिमी निर्दोश छौ । तर कुरा त्यो होइन
सरु, तिमी जुन बेला महलको सपनामा डुब्ने गर्थ्यौ अनि म छुपडिको कथाहरु
बुन्दा बुन्दै तिम्रो काखमा निँदाउन खोज्थेँ तिमी मलाई सताउन थालिहाल्थ्यौ
। भन्न थालि हाल्थ्यौ, त्यहि कथा, मञ्चन गर्न सुरु हुन्थ्यो त्यहि नाटक।
जुन नाटकको असलि पात्र बनेकि थियौ तिमी । अनकौ रहरहरु मेरो त्यसै सेलाएका
छन अचेल। भन्ने गर्छु रे सपनिमा मेरो घर जलेको छ। किताबका हरफहरुमा
बिलाउँदा बिलाँउदै म निन्द्रादेबिको शरणमा पुग्ने गर्छु रे ।
फेरि
तड्पिएर बस्नुको पनि त बिकल्प छेन नि ! जवानीको रहरहरु त्यसै ओईलाएका छन्
मेरा। अचेल त कृत्रिम नशामा नै रम्न सिकेको छु। साँईली र माईलीको नियमित
ग्राहक बनेको छु। भन्छन् ऊनिहरु, पिउँनुस् दाई। म झन् रक्सिले रक्सिएर
पिउँदोरहेछु एक्लै, तिमिलाई पाऊने आशामा ।
सरु, कुनै दिन त अबश्य
पोल्नेछ तिमीलाई पनि, म जस्तै आगाको रापसरि जल्ने छौ तिमी पनि। समाजले आज
मलाई जुन द्रिष्टीले हेरोको छ त्यहि नियतिको शिकार तिमि बन्ने छैनौ भन्ने
मलाई लाग्दैन। कुनै दिन त्यो भन्ज्याङथोकको चौतारिमा मेरो काखमा बसेर के
भनेकि थियौ ? बिर्सियौ होला, सायद युनिकको साथ छोडेपछि सबै भुलेछौ तिमीले।
नभुलोस् पनि कसरि ? सागरको प्रेम लिलामा रमाईरहेकि छौ तिमी । अनि मेरो
झुपडिलाई लात त हान्ने नै भयौ नि !
आजकाल त घामले पनि पोल्दैन मलाई,
सायद भित्र भित्रै घाम भन्दा साह्रो क्रोधाअग्निमा दनदनि बलेर म यस्तै
भएको हुन सक्छु। यस्तै छ मेरो जिन्दगि। कहिले एक्लै बस्छु, कहिले दुक्लै
बस्ने बहानामा नशामा झुमिरहन्छु। नशा यस्तो प्यारो भईरहेको छ कि सायद यो
दुनियाँमा सबैभन्दा प्यारो चीज के हो भनेर कसैले प्रश्न गर्यो भने मेरो
उतर हुनेछ, नशा । हो सरु, म यस्तै भएको छु । आज तिमी जुन अवस्थामा छौ
त्यसको ठिक उल्टो नियति भएको छ मेरो यो जिवनलिला। कहिलेकाँहि त यस्तो
लाग्छ, आँशु बहाउने खेल यदि यो सृष्टीमा रचना गरियो भने मैले गिनिज बुकमा
नाम दर्ज गराउन सफल भएको हुन्थे होला। भावनामा डुब्ने प्रतियोगिता यदि
गराईयो भने सोचे हुन्छ, युनिकको हात मेडलले चुम्ने छ सरु । तर के गर्नु र,
त्यो मुल्यहिन खोक्रो उपहाररुपि मेडलको। आँशुको मोल, त्यो मेडल । तिम्रो
प्रेमि मात्र त्यहि खेतिको लागि योग्य भयो आज । सपनाको महलमा आगो लगाएर
तिमि हिँडेपछि हरेक दिन मेरो त्यहि चौतारिमा बित्छ । मेरो दिन त्यहि वर
पिपलको छहारिमा बित्छ सरु। वर पिपलको जोडि सम्झिएर तड्पिरहन्छु । जब रात
पर्छ, घर फर्कने बहानामा नशाको सहारा लिन्छु। घर, घरजस्तै लाग्दैन हिजोआज ।
यो
घर हो कि मसान ? यदि यो घर हुँदो हो त, यसले घरको परिभाषा दिन सक्थ्यो।
तर खै ? खै परिभाषा मेरो त्यो सुन्दर घरको ? सपनाको घरको परिभाषा तिमीले
भत्काएर गए पछि यो मेरो मसानरुपि घर परिभाषाको खोजिमा भौंतारिरहेको छ।
परिभाषाबिहिन यो घर अनि मेरो जिन्दगि बेलुकाको समयमा भट्टिमा
भेटिने ट्वाँके साथिहरु जस्तै भएको छ। घर पनि उस्तै, म पनि उस्तै। कति
राम्रो !! म मेरो परिभाषाको खोजिमा, घर उसको परिभाषाको खोजिमा। मात्र उ
निर्जिब छ र सजिबपनको लागि संघर्ष गरिरहेको छ । म मेरो सजिवपनको खोल ओडेर
निर्जिबपनको लागि संघर्ष गर्दै छु।
समयको वहावसँगै के मरो जिवन नशै
नशा पिएरै बित्छ त ? जहिले पनि म मेरो जिवनको परिभाषामा रुमल्लिरहने ?
आँखिर कति दिन म यसरि बस्ने ? कति दिन पेन किलरको सहारामा जिवन लिला अगाडि
बढाइरहने मैले ? यिनै प्रश्नहरु हरेक दिन मेरो दिमागको कुनामा डेरा जमाएर
बसिरहन्छन् । जव म आफुलाई भुलाउने प्रयास गर्छु, म सम्हाल्नै सक्दिन ।
साथीहरुको साथ रहँदा म ठिक हुन्छु, जव एक्लै हुन्छु जिन्दगि नै बोझ बनेर
आउँछ मेरो । नाटक मञ्चन गरि तिमीले मेरो साथ छोडेपछि, लाग्छ मेरो खुसि नै
तिमिसँगै दाईजो वनेर साथ गएको छ । दाइजो उपहार लिएर गएकि छ्यौ तिमी मेरो
खुसि । मेरो खुसि, मेरो चाहना, मेरो भावनामाथि खेलवाड गरेर तिमीले गुण
लगाएकि छ्यौ सरु। सुनेको छु, तिमि विवाहित हुँदै छ्यौ रे। तिम्रो
प्रेमिकाको अँगालोमा त्यो दिन संसार भुल्नेछ्यौ रे तिमिले ।
हो,
विवाह गर्नु पर्छ, तर यो विवाह मात्र विवाहमा सिमित नहोस् तिम्रो । मेरो
शुभकामना तिम्रो सफल जिवनको लागि। मेरो घर त भत्क्यो भत्क्यो तिम्रो
प्रेमिकाको घर त भत्कदैन भन्नेमा म आशावादि छु। हुन त म को नै भए र तिम्रो ?
म त विरानो संसारको एउटा कथा नै हुँ । जति पढेपनि हुन्छ यो अभागीको
जिन्दगीलाई । यो घर भत्केको टुहुरो जिन्दगीलाई । जति जति तिमी टाढा हुन्छौ,
त्यति त्यति यो अभागीको जिन्दगी मरुभुमिमा छट्पटिएर मृगले पानिको खोजि
गरेजस्तै तिमीलाई खोजिरहन्छ । थाहा छ उसलाई यो असम्भव छ, तर पनि मेरो
खुसिलाई वलात्कार गरेर तिमीले अरुको खुसि सजाउन लागेकोले मैले यसो भनिरहनु
कुनै अनौठो हो जस्तो मलाई लाग्दैन ।
प्रदिप्त जिवनको आशामा यो
पापिको सबै सपनाहरु तिमिले लुटेर लगेपनि, कौवाले लाशलाई चुँडि चुँडि पिडा
दिए पनि जिवनको सुन्दर सपना भित्र रम्ने मेरो रहरहरु ओईलाएको भने होइन ।
बरु झन हिजो आज फेरि बाँच्न थालेको छु । तिम्रो विवाहको खवरले मन अलि
ओइलाएको थियो । तर आज तिम्रो विवाहको दिन तिम्रो निम्तो पनि त पुरा
गर्नुपर्नेछ मैले । तिम्रो सफल जिवनको लागि यो पागलको तर्फवाट हार्दिक
मंगलमय शुभकामना ।